नेपालको सानदार जित : बंगलादेशलाई ४—१ गोलले हरायो

काठमाण्डु टुडे २०७६ भदौ ११ गते १०:४७ मा प्रकाशित

काठमाण्डु , ११ भदौ —पाँचौं साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि फराकिलो जित हात पारेको छ।

भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिक विजेता बंगलादेशलाई ४-१ गोलले हरायो। नेपालको यो दोस्रो जित हो।नेपालको जितमा क्रिसन अधिकारी यादवले दुई गोल गरे। सुगन जिमी र प्रदीप लम्सालले एक÷एक गोल गरेका थिए। बंगलादेशका मियाँले सान्त्वना गोल फर्काएका थिए। जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। नेपालले तीन खेलबाट ६ अंक बनाएको छ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५-० गोलले पराजित भएको थियो। नेपाले दोस्रो खेलमा श्रीलंकालाई २(० गोलले पराजित गरेको थियो। नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटान सम्मिलित प्रतियोगितामा शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ।

नेपालले बिहीबार भुटानसँग लिग चरणको अन्तिम खेल खेल्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us