पत्रकार महासंघ काठमाडौंमा तोडफोड

काठमाण्डु टुडे २०७१ वैशाख १० गते ३:२० मा प्रकाशित

ktm fnjकाठमाण्डु, १० वैशाख – नेपाल पत्रकार महासंघ काठमाण्डु शाखामा तोडफोड भएको छ । बिधान बिपरीत सल्लाहकारमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, रामहरि सिलवाललाई सल्लाहकारमा राख्नुपर्ने भन्दै प्रेस चौतारीले तोडफोड गरेको हो ।

महासंघको बिधान अनुसार सल्लाहकारमा निवर्तमान अध्यक्ष , त्यसअघिका पूर्व अध्यक्ष, र समितिको निर्वाचनमा अध्यक्ष पदका निकट्तम प्रतिद्वन्दी गरि तीन जना समितिका पदेन सल्लाहकार रहने व्यवस्था छ ।

सोही अनुसार युवराज विद्राही, दिनेश बस्नेतको नाम सल्लाहकारमा लेखेर ल्याइएको बोर्ड कार्यालय हाताभित्रै तोडफोड भएको काठमाण्डु शाखाले जनाएको छ । तोडफोड  चौतारीका काठमाण्डु अध्यक्ष राजिव सिलवाल ( हेमराज) र द्वारिका उप्रेतिले गरेको काठमाण्डु शाखाले जनाएको छ ।

सल्लाहकार नियुक्तबारे छलफल भइरहदा बोर्ड बनाएर ल्याएपछि विवाद भएको उनको दावी छ । तोडफोडबारे केन्द्रलाई जानकारी गराइसकेको शाखाले जनाएको छ । बोर्ड सम्पदा भिजन फोटो संग्रह नेपालले सौजन्य गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us