नाडा अटो शो मेला ‘२०१९’ को उद्धघाटन ,यस्तो छ मेलाका विशेषताहरू

काठमाण्डु टुडे २०७६ भदौ १० गते १४:०० मा प्रकाशित

काठमाण्डु, १० भदौ — अर्थमन्त्री युवराज खतिवडाले मंगलबार नाडा अटो शो-२०१९ को उद्धघाटन गरेका छन् ।

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा सञ्चालन हुने मेला आगामी भदौ १५ गतसम्म चल्नेछ । मेलामा सवारी साधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरु सहभागी हुने छन् ।
यो नाडाको १४औं संस्करण हो ।

प्रदर्शनी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सुरु भएको छ । यस वर्ष मेलाले भृकुटीमण्डपको कभर्ड हल, ठूलो चौर तथा बगैंचामा समेत गरी प्रदर्शनी स्थलको सम्पूर्ण क्षेत्रफल ओगट्ने नाडाका अध्यक्ष शम्भु दाहालले जानकारी दिए ।यो संस्करणमा पनि सर्भो वर्ल्ड क्लास लुब्रिकेन्ट्सले शीर्ष प्रायोजन गरेको छ । मेला व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

चाड(पर्वहरुको पूर्वाद्धमा आयोजना भएको प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमीहरु तथा अटोमोबाइलसँग प्रत्यक्ष(अप्रत्यक्ष रुपमा संलग्न सबैलाई लाभ मिल्ने विश्वास नाडाको छ ।प्रत्येक वर्ष नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरुको चाप बढ्दो छ । यसले सवारी साधन विलासिता मात्र नभई, आम सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावशक साधनको रुपमा पनी चित्रण हुन थालेको आयोजकको ठम्याइ छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुट्टाछुटटै स्टलहरु छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ ।आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना(कक्ष समेत प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु छन् । मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट(पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत छ ।प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट(पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता छ ।

प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २(पाङग्रे, ४(पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा-छुट्टै प्रदर्शन गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा राखिएको छ ।बिगतका नाडा अटो शोमा पार्किङ स्थलको चरम अभाव भएता पनि यो वर्ष प्रर्दशनी अवलोकन गर्न आउने दर्शकका लागी सकेसम्म पर्याप्त पार्किङको व्यवस्था गरिएको छ ।

६ दिन सम्म चल्ने उक्त नाडा अटो(शोमा लगभग ७५ हजारले अवलोकन गर्ने अनुमान छ । ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जिपिएक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था समेत गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us