दसैंमा करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी

काठमाण्डु टुडे २०७६ भदौ ९ गते १७:५६ मा प्रकाशित

काठमाण्डु,९भदौ–नेपाल राष्ट्र बैंकले यस पटकको दसैंमा नयाँ र सुकिला दुवै नोट सटही गर्ने भएको छ ।
दसैंमा करिब १३ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारीमा राष्ट्र बैंक रहेको प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् । केन्द्रीय बैंकले १८ हजार ५ सय रुपैयाँसम्म खुल्ला नोट रु. ५ देखि रु.१०० सम्म माग गर्नेलाई नयाँ नोट वितरण गर्ने उनले बताए ।
तर उक्त सीमा भन्दा बढी माग गर्नेलाई भने केरमेट नभएका सुकिला नोट दिइने प्रवक्ता निरौलाले बताए ।
यस विषयमा राष्ट्र बैंकमा थप छलफल भइरहेको उनले जानकारी दिए । राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंलाई लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको छ । यसपटक पनि सप्तमीको दुई साता अगाडीदेखि नयाँ नोट सटही खुल्ला गर्ने तयारीमा केन्द्रीय बैंक जुटेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us