आज पनि नेप्सेमा गिरावट !

काठमाण्डु टुडे २०७६ भदौ ९ गते १६:४० मा प्रकाशित


काठमाण्डु,९भदौ– साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक घटेको छ । यस दिन ६.४९ प्रतिशतले घटेर १२०३.१३ बिन्दुमा झरेको छ ।
कुल १७२ कम्पनीको १६ लाख ३ हजार ३२६ कित्ता शेयर ३८ करोड ५ लाख ९६ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा आएका सबै समूहमा गिरावट आएको दिन नेप्सेमा सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

त्यस्तै सोमबार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us