काठमाण्डु,८भदौ–साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ३.४५ प्रतिशतले घटेर १२०९.६२ अंकमा झरेको छ । यस दिन नेप्सेमा १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर ३५ करोड २ लाख ६९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार शुरु भएदेखि निरन्तर आरोलो लागेको परिसूचक कारोबार बन्द हुने बेलामा केही सुधारिएको भए पनि अन्ततः ३ अंकको गिरावट आएको थियो ।
आइतबार कारोबार रकमका आधारमा छिमेक लघुवित्त कम्पनी अगाडि आएको छ । यस कम्पनीको ३ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
यस दिन सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४.२१ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेमा पाँचथर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ७.२० प्रतिशतले घटेको छ ।
यस दिन होटल र उतिदन समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ ।