काठमाण्डु , ८ भदौ— साताको पहिलो दिनमै सुन १ हजार २ सयले र चाँँदी रु २० रुपैंयाले बढेको छ ।
शुक्रबार प्रतितोला सुन ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज १ हजार २ सयले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैंयामा कारोेबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै , तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैंयामा कारोबार भइरहेकोे छ ।
चाँदी आज २० रुपैयालले बढेर प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भइरहेकोे महासंघले बताएको छ ।