तिजको मुखमा के हुदैछ सुनको भाउ?

काठमाण्डु टुडे २०७६ भदौ ६ गते १३:५४ मा प्रकाशित


काठमाण्डु,६भदौ–आज सुनको भाउ स्थिर रहेको छ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार देखि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलाको ८३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि आज स्थिर रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us