काठमाण्डु, ९ बैशाख – नर्वेजियन दूतावासबाट डलर ल्याएको भन्दै मानवअधिकारवादी नेता कनकमणि दीक्षित निकै चर्चामा छन् ।
हुन त उनी बरिष्ठ पत्रकार पनि हुन् । एक दुइ वटा पुस्तक पनि निकालेका छन् । उनले निकालेको पुस्तक मध्ये ‘दुखेको मुलुक’ले उनको मन दुखाएको छैन् बरु सारा नेपालीको मन दुखाएको छ ।
उनले ‘दुखेको मुलुक’ पुस्तकमा राष्ट्रवाद र राष्ट्रियताको शिर्षकमा अनौठो कुरा लेखेका छन् । उनले बुद्ध नेपालमा जन्मिएको र सगरमाथा नेपालमा पर्छ भने कुरा केटाकेटीलाई सिकाउन नहुने विवादास्पद कुरा लेखेका छन् ।
माइसंसार डट कमले त लुम्बिनीमा आउन लागेको अरवौ रकम र संयुक्त राष्ट्र संघका महासचिव बान की मुनको नेपाल भ्रमण रोक्न दीक्षितले अहम भूमिका खेलेको आरोप लगाएको छ ।
जानकारका अनुसार दीक्षित शान्ति प्रक्रिया भाडन् क्रियाशिल छन् । चाहे द्धन्द्धका बेला होस या द्धन्द्ध व्यवस्थापन पछि । नर्वेजियन दूतावासबाट शान्ति प्रक्रिया बिथोल्न करोडौ रुपैया कनकले भित्रयाएको भन्दै व्यवस्थापिका संसदमा समेत एकीकृत माओवादी सभासद शक्ति बस्नेतले हंगामा मच्चाएपछि उनको सातो पुत्लाे गएको छ ।
त्यसपछि कसले कति डलर भित्रयाए के गरे, के गर्दैछन भन्ने बिस्तार बिस्तार पर्दाफास हुदैँ गएको छ ।