संखुवासभा, ९ बैशाख – संखुवासभामा आफ्नै नातिनी बुहारीले घरको कौशीबाट धकेल्दा माविराम बेनी–७ बस्ने ७५ बर्षीया चौमाया कार्कीको मृत्यु भएको छ । उनलाई घरायसी विवादमा २८ बर्षीया नातिनी बुहारी उर्मिला डाँगी कार्कीले घरको कौशीबाट धकेलिएकी थिइन। जमीनमा खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र माविरामबेनीमा मृत्यु भएको हो । प्रहरीले उर्मिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।