प्रशिक्षक विनोद दास लगायतका टोलीले गरे यू–१९ क्रिकेट टोलीको घोषणा

काठमाण्डु टुडे २०७६ भदौ ५ गते ११:५५ मा प्रकाशित

एजेन्सी —श्रीलंकामा यही भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

प्रशिक्षक विनोद दास लगायतले रोहितकुमार पौडेलको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीका खेलाडीहरुमा कप्तान रोहित, रित गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दिप जोरा, भिम शार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामाङ, लोकेश बम र प्रतिस जिसी रहेका छन् । ब्याटिङ कन्सल्टेन्टमा अपुर्भ देसाई, ब्यवस्थापकमा राजु खड्का, फिजियामो बिक्रम न्यौपाने र फिटनेस ट्रेनरमा सुबास पात्रो छन् ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले पहिलो खेल भदौं २० गते आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युईसँग भदौ २४ गते खेल्नेछ ।

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । नेपाली टोली शनिबार श्रीलंका प्रस्थान गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us