
काठमाण्डु, ९ बैशाख – क्रान्तिकारी पत्रकार संघले ओम शर्मालाई पत्रकार महासंघको अध्यक्षमा उठाउने भएको छ । छिट्टै बैठक बसेर शर्मालाइ अध्यक्षमा उठाउने निर्णय गर्ने संघको तयारी छ ।
क्रान्तिकारी पत्रकार संघका खिलबहादुर भण्डारीका अनुसार शर्मालाइ नै पत्रकार महासंघको अध्यक्षमा उठाउने तयारी भएको जानकारी दिए ।
शर्मा पत्रकार महासंघका महासचिव हुन् । प्रेस युनियनले पोषण केसी र प्रेस चौतारीले डाक्टर महेन्द्र बिष्टलाई अध्यक्षमा उमेद्वार बनाउने घोषणा गरिसकेका छन् ।