प्रचण्ड काभ्रेमा, भट्टराइसँग भेट

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ६:१७ मा प्रकाशित

prachand-tika3काठमाण्डु, ९ वैशाख – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काभ्रे पुगेका छन् । राष्ट्रिय सम्मेलनको दस्तावेज लेख्न उनी त्यहाँ पुगेका हुन् ।

उनी स्थानीय फूलबारी रिर्सोटमा बसेका छन् । एकीकृत माओवादीले राष्ट्रिय सम्मेलन यही बैशाख १८ गतेदेखि बिराटनगरमा हुदैछ । उनी २ दिनसम्म त्यहाँ रहने बताइएको छ ।

यसैवीच प्रचण्डले आजै दस्तावेज लेखनका बिषयमा बिहान सानेपा पुगेर बाबुराम भट्टराइसँग भेट गरेका छन् । भट्टराइले पनि सम्मेलनमा छुट्टै दस्तावेज पेश गर्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us