अवैध चाँदीसहित तीन पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख ९ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, ९ वैशाख – मोरङ प्रहरीले विराटनगरबाट १० केजी अवैध चाँदी सहित तीन जनालाई पक्राउ गरेको छ ।

विराटनगरबाट भारतीय बजार जोगबनी जाने क्रममा नेपाल भारत सिमाना नजिक बीआर ११ एच ४०१९ नम्बरको इन्डिका कारसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको भटियाही पञ्चायत वडा नं. ३ बथनाहा निवासी ३६ वर्षीय पप्पु सोनी स्वर्णकार, उनकी श्रीमती ३२ वर्षीया कन्चनकुमारी सोनी र सोही स्थान बस्ने १८ वर्षीय दीपक साह छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us