
काठमाण्डु, ९ वैशाख – कक्षा ११ र १२मा भर्ना भएका धेरै बिद्यार्थी पढ्दा पढ्दै वैदेशिक रोजगारमा जाने गरेको शिक्षक र उच्च माध्यमिक शिक्षा परिषद्ले अनुमान लगाएका छन् ।
भर्ना, रजिष्ट्रेसन र परीक्षा फाराम भरेका विद्यार्थी संख्याका आधारमा उच्च शिक्षा अध्ययरत करिव दुई लाख विद्यार्थी बार्षिक खाडी मुलुक गएको अनुमान लगाइएका हो ।
उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालका अनुसार यस बर्ष कक्षा ११ र १२को परीक्षा सहभागी हुन साढे नौ लाख विद्यार्थी योग्य थिए ।
तर, साढे सात लाख विद्यार्थीले मात्रै परीक्षा फाराम भरेको उनले जनाकारी दिए ।
परीक्षा नियन्त्रक अर्यालले कक्षा ११ र १२मा भर्ना भएका तर परीक्षा फाराम नभरेकामध्ये अधिकांश विद्यार्थी कामका लागि विदेश जाने गरेको पाइएको बताए ।