काठमाण्डु, ९ वैशाख – न्यायपरिषद्को बैठकले आज पाँच जना न्यायाधीश नियुक्तीको सिफारिस गर्दैछ ।
न्यायाधीश नियुक्तको विषयमा सोमबार परिषद्को बैठक बसे पनि निष्कर्षमा पुग्न सकेको थिएन ।
हिजोको बैठकमा न्यायाधीश नियुक्तीको विषयमा सहमतिको नजिक पुगेकाले आज बस्ने बैठकले पाँच जना न्यायाधीशको टुंगो लगाउने बताइएको छ । न्यायाधीशका लागि नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले आफूनिकटका न्यायाधीशको नाम प्रस्ताव गरेका छन् ।
पुनरावेदन अदालतका मुख्य न्यायाधीशका साथै कानुन व्यवसायी र अन्य कानुनी मात्रबाट समेत न्यायाधीश नियुक्त गर्न सकिने प्रावधान छ ।
सर्वोच्च अदालतमा अहिले पाँचजना मात्र स्थायी न्यायाधीश छन् ।
अन्तरिम संविधानको धारा १०२ को खण्ड २ मा सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त बढीमा १४ जनासम्म न्यायाधीश रहने उल्लेख छ । अहिले सर्वोच्चमा १० स्थायी न्यायाधीशको दरबन्दी रिक्त छ ।