काठमाण्डु, ८ बैशाख – त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन आगामी जेठ १४ गते घोषणा गरेको छ । सबै विद्यार्थी संगठनसँग हिजो छलफल गरेको त्रिबिले आज निर्वाचनको मिति घोषणा गरेको हो ।
निर्वाचनमा जुटन त्रिविले सबै विद्यार्थी संगठनलाई पत्राचार गरिसकेको छ । यस अघि त्रिविले झण्डै १ वर्ष अघि निर्वाचनको मिति घोषणा गरेर स्थगित गरेको थियो ।
नेविसंघले भने चुनाव घोषणाको स्वागत गरेको छ । नेविसंघका प्रवक्ता युपी लामिछानेले चुनाव घोषणाको स्वागत गर्दै निर्वाचन तयारीमा जुटने बताए ।
त्रिविको निर्णय प्रति राप्रपा नेपालको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले भने आपत्ति जनाएको छ ।
संगठनका अध्यक्ष राजाराम बर्तौलाले काठमाण्डु टुडेसँग कुरा गर्दे माउ पार्टी सत्तामा रहेका बेला गरीने निर्वाचनमा अनेरास्ववियु र नेविसंघको हालीमुहाली हुने दाबी गरे ।
तर नेविसंघका प्रवक्ता लामिछानेले भने स्वच्छ प्रतिष्पर्धाबाट चुनाव हुने भन्दै नआत्तिन विद्यार्थी संगठनसँग आग्रह गरे ।