‘सरकारले नयाँ क्यासिनो मालिक भित्र्याउन लागेको छ’

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ११:५९ मा प्रकाशित

casinoकाठमाण्डु, ८ वैशाख  –  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले राज्य र व्यवसायीहरुको गलत नीति र रवैयाका कारण मजदुरहरुको रोजीरोटी खोसिने अवस्था सिर्जना भएको जनाएको छ ।

सरकारले क्यासिनो बन्द गराएर १३ हजार मजदुरलाई बेरोजगार बनाएको विरोधमा आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका संयोजक रामदीप आचार्यले भने – क्यासिनो बन्द गरेर सरकारले नयाँ क्यासिनो मालिक भित्र्याउन लागेको छ ।

उनले भपे – कुनै पनि बहाना र कारण दर्शाई वैकल्पिक व्यवस्था नगरी मजदुरलाई बेरोजगार बनाउन पाइँदैन, त्यसका लागि महासङ्घ खेद प्रकट गर्दछ ।

उनले व्यवसायीले राज्यले तोकेको राजस्व तिर्नुपर्ने र राज्यले व्यवसाय सञ्चालन हुने अवस्था सिर्जना गर्नुपर्ने बता ।

संयोजक आचार्यले क्यासिनो बन्द गरेर व्यवसायीहरुले मजदुरलाई सेवा सुविधाबाट वन्चित गर्ने षडयन्त्र गरिरहेको आरोप लगाउँदै सबै क्यासिनोमा कार्यरत कर्मचारी र मजदूरलाई तिर्नुपर्ने तलब, उपदान, सञ्चयकोष, कल्याणकारी कोष र सामाजिक सुरक्षा रकम तत्काल उपलब्ध गराउन माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us