यातायत व्यवस्था कार्यलयबाट ४३ जना दलाल पक्राउ

काठमाण्डु टुडे २०७१ वैशाख ८ गते ७:१३ मा प्रकाशित

arest

ललितपुर, ८ बैशाख – ललितपुर प्रहरीले यातायत व्यवस्था कार्यलय कुसुन्तीबाट ४३ जना दलालहरुलाई पक्राउ गरेको छ ।
जावलाखेलबाट खटेको प्रहरी निरिक्षक नरेन्द्र चन्द र समिरचन्द्र खरेलको संयुक्त टोलीले आज बिहान ११ बजे ४३ जना दलाललाई पक्राउ गरेको एसपी घनश्याम अर्यालले जानकारी दिए । उनीहरुलाइ अहिले जावलाखेल प्रहरीमा राखिएको छ ।

छानबिन पछि उनीहरुलाई ठगिको मुद्धा चलाउने प्रहरीको तयारी छ । लाइसेन्स बनाउन, ब्लु बुक नबिकरण गर्न सघाउने भन्दै कार्यलय परिसरमा २ सय भन्दा बढी दलाल छन् ।

यस अघि पनि प्रहरीले सोहीस्थानबाट २५ भन्दा बढी दलालहरुलाइ पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us