
सिरहा, ८ वैशाख – घरमा काम गर्न राखेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिरहाको बडहरामाल–३ का ३० वर्षीय शिवनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार साँझ कोही नभएको मौका छोपी घरमै काम गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
ादवलाई बलात्कार ऐनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।