काठमाण्डु, १४ साउन– प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर जाने भएका छन् ।
चिकित्सकको सुझावअनुसार ओली आगामी १८ साउनमा सिंगापुर जाने भएका हुन् । प्रधानमन्त्रीको गत शुक्रबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।