भारतमा बेचिएकी नेपाली महिलाको उद्दार

काठमाण्डु टुडे २०७६ साउन १२ गते १६:०८ मा प्रकाशित

भैंरहवा, १२ साउन— भारतमा बेचिएकी एक नेपाली महिलाको उद्दार गरिएको छ । नवलपरासीको विनय त्रिवेणी गाउँपालिका वडा नं- १ बस्ने २४ वर्षकी परिवर्तित नाम कमला थापालाई उद्दार गरिएको हो। १३ हजार रुपैयाँमा बेचिएकी महिलाको उद्दार गरी भैरहवा ल्याइएको हो ।

मानव बेचबिखन विरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट ती महिलालाई उद्दार गरेको हो । वैदेशिक रोजगारको क्रममा भारत हुँदै ओमन लैजाने क्रममा आफूलाई होटेलमा बेचेको ती महिलाको भनाई उद्धृत गर्दै थ्री एन्जल्स नेपालका प्रदेश पाँचका प्रमुख विपिन गौतमले बताए ।

दुई महिना अघि ओमान लैजाने बहानामा कमला थापा भारतको दिल्लीमा बेचिएकी हुन् । सानै उमेरमा विवाह गरेकीकमलाले श्रीमानको निधन भएपछि दुइओटा छोरालाई पालनपोषणका लागि जेठ ९ गते आफ्नो निवासबाट वैदेशिक रोजगारको लागि ओमान जाने भनी भारतको बाटो हुदै गएकी हुन् ।

उनकी दिदीले बहिनी बेचबिखनमा परेकोले उद्दार गर्नका लागि थ्री एन्जल्स नेपाल शाखा कार्यालय भैरहवामा निवेदन दिएपछि संस्थाको उद्दार टोली आफन्त सहित उद्दार गर्नको लागि दिल्लीको गुणगाउँस्थित पाँच नम्बर सेक्टरमा पुगेर पीडित महिलाको उद्दार गरी नेपाल ल्याएको हो । अहिले ती महिला थ्री एन्जल्स नेपालको सुरक्षित आवास गृहमा बसेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us