नेपाललाई धक्का, विश्वकप खेल्ने सपना अधुरै

काठमाण्डु टुडे २०७६ साउन १२ गते १०:३४ मा प्रकाशित

सिंगापुर– सिंगापुरसँग पराजित भएसँगै टी-२० विश्वकप छनौट खेल्ने नेपालको सपना सपनामै सीमित भएको छ ।

ईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आइतबारको अन्तिम खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भयो । सिंगापुरले दिएको १९२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल २१ बलमा ३९ रन बनाएर बाहिरिए । अरु खेलाडी खासै जम्न सकेनन् । दिपेन्द्रसिंह ऐरी २३ रन र सोमपाल कामी ११ रनमी सीमित हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । त्यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

नेपालका लागि अभिनास बोहराले चार र करण केसीले २ विकेट लिए । आज जितेको भए नेपालले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us