वर्षमान पुनले गरे राम्रो घोषणा

काठमाण्डु टुडे २०७६ साउन ११ गते १८:१५ मा प्रकाशित

ललितपुर, ११ साउन– उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले आगामी दिनमा सरकारले सरोकारलासँगको परामर्श र सहमतिमा मात्र विधेयक ल्याउने बताएका छन् ।

मन्त्री पुनले ऐन निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गरिने बताए । ‘सरकारले अब सरोकारवालाहरुसँग परामर्श गरेर मात्र विधेयक ल्याउँछ’, पुनले भने, ‘सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको दसौं राष्ट्रिय परिषद् बैठक तथा पन्ध्रौं वार्षिक समारोहलाई शनिबार ललितपुरको जावलाखेलमा सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘जनताको हितविपरीत सरकारले काम गर्दैन ।’

जलस्रोत ऐन र राष्ट्रिय जलस्रोत नीति पनि तयार भइसकेको उनको भनाइ थियो । यस्तै उनले आफ्नो मन्त्रालयले काठका विद्युतीय पोल विस्थापित गरी पक्की पुल राखिने जानकारी दिए । मन्त्री पुनका अनुसार मुलुकभर झण्डै साढे ४ लाख काठका पोल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us