
काठमाण्डु, ८ वैशाख – गायक पशुपति शर्मालाई अहिले क्रिकेटको भूत निक्कै चढेको छ । लोक तथा दोहोरी गीतले कमाएको चर्चा थोरै भयो भन्दै उनी क्रिकेटतिर लागेका हुन् ।
ठट्यौली गीत गाउन खप्पिस शर्माले अहिले त्यस्तै गीत गराएका छन् क्रिकेट खेलबारे । मोडल खेले, मोडलमा फिट भइन, दोहोरी मात्रै गाएर हिट भइन, म पनि अव क्रिकेट खेल्न जान्छु, दाम पनि हुने नाम पनि हुने, च्याप्प लौरो समात्छु चौका, छक्का हान्छु…..उनको नयाँ गीत हो ।
सोमबार पाटन क्रिकेट मैदानमा उनको यो गीतको सुटिङ भएको छ । मेरी बास्सैका निर्देशक सिताराम कट्टेल धुमुर्श यो गीतका निर्देशक हुन् । हेरौ फोटो फिचर –