
काठमाण्डु, ८ वैशाख – जिउँदा सहिद मुकेश कायस्थलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।
जनआन्दोलन ०६२ –०६३का जिउँदा सहिद बनेपा नगरपालिका २ का कायस्थलाई उनकै निवासमा पुगेर प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
जनआन्दोलनमा प्रहरीको गोली लागि घाइते भई अचेत अवस्थामा रहेका मुकेशलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
आफ्नो फोटोसहितको नागरिकता पाएपछि मुकेशले निकै चासोपूर्वक हेरको थिए ।
प्रजिअ भण्डारीसहितको टोली मुकेशको घरमै पुगेर नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको थियो । २३ बर्षको उमेरम उनले नागरिकता पाएका हुन् ।