नेपालले मलेसियालाई हरायो

काठमाण्डु टुडे २०७६ साउन ८ गते ११:१८ मा प्रकाशित

काठमाण्डु,८साउन –नेपाले टी-२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ ।
वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टायो । आठौं ओभरको अन्तिम बलमा विनोद भण्डारीले छक्का हान्दै नेपाललाई जिताएका हुन्।
नेपालको जितमा मल्लले अर्धशतक बनाए । आक्रामक पारी खेलेका उनले २१ बलको सामना गरेका उनले ५ चौका र ३ छक्काको मदतमा ५१ रन बनाएका हुन् ।
यसअघि टस हारेर ब्यटिङको निम्तो पाएको मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे पनि अन्य ब्याट्सम्यान चलेनन् ।
सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट आफ्नो नाममा लेखाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us