काठमाण्डु, ६ साउन- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले भोलि कतारविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कतारबीचको खेल नेपाली समय अनुसार भोली विहान सवा सात बजे सुरु हुनेछ ।कतारविरुद्ध मैदान उत्रदा उपाधि दाबेदार नेपाल सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष वरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी-ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।
आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ । किनकी कतार नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । आज भएको पहिलो खेलमा कतार
सिंगापुरसँग पराजित भएको छ ।