
चितवन, ७ वैशाख – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्यले सरकारी राजस्व, मजदुरको तलब र होटलको दस्तुर तिरे क्यासिनो पुनः सञ्चालनमा आउन सक्ने बताएका छन् ।
प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले रोजगारी सिर्जना गर्ने, पर्यटक भित्र्याउने र राजस्व सङ्कलन गर्र्ने उद्देश्यले सञ्चालन भएका क्यासिनोले दादागिरी देखाएर राजस्व नतिरेकै कारण बन्द गरिएको बताए ।
आगामी मङ्सिरसम्ममा स्थानीय निकायको निर्वाचन हुने आशा प्रकट गर्दै मन्त्री आचार्यले स्थानीय निकायको निर्वाचन नहुँदा ठूलो साधन स्रोतको दुरुपयोग हुन पुगेको बताए ।