माफी नमागे मेस्सीलाई कडा कारवाही

काठमाण्डु टुडे २०७६ साउन १ गते ११:१३ मा प्रकाशित

एजेन्सि ,ब्राजिलमा सम्पन भएको कोपा अमेरिका कपको सेमिफाइनलमा ब्राजिलसगँ पराजित भएपछि मेस्सीले रेफ्रीलाई सहि निर्णय लिन नसकेको आरोप लगाएको भन्ने विषयमा गरेको अभिव्यतिलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले मेस्सीलाई माफी माग्न निर्देशन दिएको छ ।
अर्जेन्टिनाको खेलकुद अदालतले पनि कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ । तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । सोही कारण मेस्सीलाई दक्षिण तयारी गरिरहेको छ ।

यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ उनले प्रस्ट पारे ।

मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका थिए । मेस्सीले अर्जेन्टिनाबाट अझै पनि उपाधि जित्न सकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us