भेनेजुएलाले नेपाली नेतालाई भारतको नाकाबन्दीबारे सोधेपछि…

काठमाण्डु टुडे २०७६ असार ३१ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, ३१ असार- नेपाल भ्रमणमा रहेको भेनेजुएलाको टोलीले नेताहरुसँग भेटघाट गरेर चार वर्षअघि भारतले लगाएको नाकाबन्दीका बेला खाद्यान्न र आत्मनिर्भरताका लागि चालिएका कदमबारे जिज्ञाशा राखेको छ ।

नेकपाको युवा संघको निमन्त्रणामा युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको युवा संगठन जेपीयसयूभीका महासचिव आरफोडेक्सा टोलियोको नेतृत्वमा १५ सदस्यीय टोली शनिबार नेपाल आएको हो । टोलीमा त्यहाँका राष्ट्रपछि निकोलस मडुरो मोरोसका छोरा निकोलस अर्नेस्टो मडुरो गुयरासमेत छन् । टोलीले नेकपा अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायतसँग आइतबार र सोमबार भेटघाट गरेको छ । राष्ट्रपति पुत्र गोयरा विशेष सैनिक प्रमुखसमेत हुन् । राष्ट्रपतिपुत्र गुयराले नेपालको कृषिबाट भेनेजुएलाले सिक्न चाहेको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us