इतिहासकै अनौठो विश्वकप : अनौठो नियम लगाएर इंग्ल्याण्ड विजयी

काठमाण्डु टुडे २०७६ असार ३० गते ११:३४ मा प्रकाशित

काठमाण्डु, ३० असार- यो पटकको विश्वकप क्रिकेट इतिहासकै अनौठो भएको छ । निकै रोमाञ्चक प्रतिस्पर्धामामा न्यूजिल्याण्ड र इंग्ल्याण्डबीच रन र विकेटमा हारजित भएन । किनकी दुबै टोलीले खेल बराबरी गर्यो । तर आईसीसीले नयाँ नियम लगाएर आयोजक इंग्ल्याण्डलाई विजयी घोषणा गरिदियो ।
योसँगै इंग्ल्याण्डले पहिलोपटक क्रिकेट वर्ल्डकपको उपाधि जित्यो । फाइनल खेल त इंग्ल्याण्डले जित्यो, तर प्रशंसा न्यूजिल्याण्डको पनि भइरहेको छ । किनकी खेल बराबरी भएको थियो । बराबरी भएको खेलमा विजेता घोषणाको आधारको आलोचना सुरु भइरहेको छ । किनकी खेलमा कसले धेरै बाउन्ड्री हान्यो भन्ने आधार मानेर विजयी घोषणा गरियो । यो आधार बेतुकको भएको भन्दै क्रिकेटका महारथीहरुले आलोचना गरिरहेका छन् ।

विश्वकपको विश्व विजेता घोषणापछि विम्बल्डनले आईसीसीलाई मेन्सन गर्दै एक ट्वीट गर्यो । ट्वीटरमा लेखिएको थियो, हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्छौ रु त्यसपछि क्रिकेट वर्ल्ड कपको ट्वीट आयो । त्यसमा इंग्ल्याण्ड च्याम्पियन भएको उल्लेख थियो । साथै थप के पनि लेखिएको थियो भने, एक विजेता, तर दुई च्याम्पियन भनियो । व्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इंग्ल्याण्डलाई बधाइ दिइन् ।
तर, भारतका पूर्वक्रिकेटर गौतम गाम्भिरको प्रतिक्रियामा गम्भीर आशंका गरे । उनले विजेता घोषणा गर्ने आधारको आलोचना गरे । इंग्ल्याण्डलाई धेरै बाउन्ड्री हानेको आधारमा विजेता घोषणा गरिएको थियो । त्यसको विरोध गर्दै गाम्भिरले भने, खेलको विजेताको फैसला सबैभन्दा धेरै बाउन्ड्री हान्ने आधारमा भयो, आईसीसीको यो बेतुकको नियम हो । खेल बराबरी हुनुपर्थ्यो । म दुवै टिमलाई बधाइ दिन्छु, जसले राम्रो खेल खेले । विजेता दुवै हुन् ।’
भारतकै अर्का पूर्वक्रिकेटर युवराज सिंहले पनि ट्वीट गरेर बाउन्ड्री धेरै हानेको आधारमा विजेता घोषणा गर्ने नियमप्रति असहमति जनाए । उनले लेखेका छन्, म यो नियमसँग सहमत छैन । तर नियम त नियम नै हो । इंग्ल्याण्डलाई बधाइ छ । मेरो सहानुभूति किवी न्यूजील्याण्ड सँग छ ।
उसले अन्तिमसम्म राम्रो खेल्यो ।’ यसैगरी भारतका विरेन्द्र सेहवागले न्यूजिल्याण्डले भारतका धेरै प्रशंसक बनाएको प्रतिक्रिया दिएका छन् । क्रिकेटका महारथीहरुको यो आलोचना आएपछि विश्वकपको यो पटकको प्रतियोगिता आलोचना रहित हुन सकेन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us