दमक, ७ बैशाख – कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीलाई जनताहरुले आममाफी दिइसकेको बताएका छन् ।
दमकमा आज पत्रकारसँग कुरा गर्दे उनले जनताले आममाफी दिएकै कारण एकीकृत माओवादी संविधानसभाको चुनावमा तेस्रो स्थानमा पुगेको बताए । द्दन्द्दकालको मुद्दा ब्युँताएर राजनैतिक गतिरोध बढाउन नहुने उनले बताए ।
दलहरुको सहमतिमा छिट्टै सल्य निरुपण तथा मेलमिलाप आयोग गठन हुने पौडेलको भनाई छ ।
बिभिन्न मानवअधिकारबादीहरुले डलर कुम्ल्याउने नाममा मानव अधिकार उल्लघनको मुद्दा ब्युँताउने गरेको पनि उनले सुनाए ।