अमानवीय छिमेकीः बाढीले फुटाएको बाँध भारतले फेरि थुन्यो

काठमाण्डु टुडे २०७६ असार २८ गते १२:२७ मा प्रकाशित

रौतहट, २८ असार– बाढीले फुटाएको बाँध भारतीय पक्षले फेरि थुनेर नेपाली भूमि डुबानमा पारेको छ ।

नेपाली पक्षले पटकपटक आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अस्वीकार गर्दै आएको रौतहटको राजवेदी नगरपालिका स्थित बेलबिछुया बाँध शनिबार बिहान फुटेको थियो । भारतको बैरगनिया र रौतहट सदरमुकाम गौर बीचमा पर्ने बाँध पानीको उच्च बहावका कारण आफैं फुटे पनि भारतीय पक्षले सीमा सुरक्षा बल एसएसबी प्रयोग गरेर फेरि थुनेको हो । सोही बाँधका कारण सदरमुकाम गौरसहित अधिकांश भूभागमा १० फिटभन्दा गहिरो पानी जमेको थियो । लगातारको अबिरल वर्षाका कारण रौतहट पूरै डुबानमा पर्दा पनि भारतले बाँध खोल्न मानेको थिएन ।

नेपाली पक्षले बाँधको ढोका खोल्न आग्रह गरेपछि भारतले उल्टै बाँध भएको क्षेत्रमा आफ्नो सीमा सुरक्षा बल एसएसबी तैनाथ गरेको थियो । त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us