रौतहटमा १० फिट गहिरो पानी जम्यो, जनजीवन तहसनहस

काठमाण्डु टुडे २०७६ असार २८ गते १२:०१ मा प्रकाशित

paniरौतहट, २८ असार– लगातारको वर्षातका रौहतटका अधिकांश भू–भाग जलमग्न भएको छ ।

बगमति, लालबकैया, झाँझ र चादी नदीले बाँध फोरेर दर्जनौं स्थानबाट बाढी बस्ती पस्दा मानव जीवन अस्तव्यस्त बनेको हो । हजारौं सर्वसाधारण घरबारविहीन भएका छन् । राहत र उद्धारमा खटिनुपर्ने सुरक्षाकर्मीका व्यारेकसमेत डुबानमा पर्दा उनीहरु आफैं उद्धारको पर्खाइमा छन् ।

सदरमुकाम गौरसमेत जलमग्न छ । सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालय र सहस्त्र प्रहरीको गण डुबानमा परेको छ । सबैतिर १० फिटभन्दा गहिरो पानी जमेको छ । पैदल वा सवारी साधनमार्फत एक ठाउँबाट अर्को ठाउँमा पुग्न असम्भव प्रायः छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us