ओली–प्रचण्डको संयुक्त विज्ञप्तिः बाढी, पहिरो र डुवान क्षेत्रमा जान कार्यकर्तालाई निर्देशन

काठमाण्डु टुडे २०७६ असार २८ गते ११:४५ मा प्रकाशित

kp oli-prachandaकाठमाण्डु, २८ असार– सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अबिरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले शनिबार संयुक्त विज्ञप्तिमार्फत प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खट्न पार्टी पंक्तिलाई निर्देशन दिएका हुन् । विज्ञप्तिमा नेकपाका सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनलाई उद्धार तथा राहतकार्यमा जुट्न निर्देशन दिइएको छ ।

पीडितहरुको उद्धार र राहतका लागि सरकारका तर्फबाट आवश्यक पहल भइरहेको भन्दै ओली र प्रचण्डले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । विज्ञप्तिमा वर्षासँगै बाढी पहिरो र डुबानबाट सिर्जित मानवीय तथा भौतिक भौतिक क्षतिबाट पार्टी दुःखी भएको उल्लेअ गरिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us