
काठमाण्डु, २८ असार- यातायाता व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई सरकारले हटाएको छ ।
काठमाण्डुको नयाँ बसपार्क क्षेत्रमा भूमाफियाले कब्जा गरेको सरकारी जमिन जोगाउन खोज्दा उनलाई हटाइएको हो । मन्त्रिपरिषदको सोमबारको बैठकले दाहाललाई आफ्नो जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारी जग्गा फिर्ताको प्रयास नगर्न दबाब दिएका थिए । महासेठकै प्रस्तावमा मन्त्रिपरिषदले दाहाललाई हटाएको हो ।
नयाँ बसपार्क क्षेत्रको १ सय ६५ रोपनी मध्ये ८० रोपनी जग्गा ल्होत्से सहकारीले र ८५ रोपनी जग्गा विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेका थिए ।