मुलुकी एनेको नयाँ व्यवस्थाः अब आत्महत्या गर्न बाध्य पार्नेलाई पनि जेल

काठमाण्डु टुडे २०७६ असार २८ गते ७:३४ मा प्रकाशित

काठमाण्डु, २८ असार- पत्नीलाई आत्महत्या गर्न बाध्य गरेको आरोपमा पतिलाई मकवानपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतले हेटौँडा उपमहानगरपालिका–३ का राजु थिङविरुद्ध उक्त आदेश जारी गरेको हो । उनले पत्नी सोनु थिङलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ । विगतमा आत्महत्याको घटनामा कसैलाई दोषी ठहर गरिँदैनथ्यो । मानसिक एवम् शारीरिक लगायतका विभिन्न तनाव दिर्इ आत्महत्या गर्न बाध्य पारेको भए पनि कोही कसैमाथि मुद्दा चलाउन पाइँदैनथ्यो ।
गत भदौ १ बाट कार्यान्वयनमा आएको नयाँ फौजदारी संहिताले आत्महत्या गर्न बाध्य पार्ने जोकोही पनि कारबाहीको भागिदार हुने कानुनी व्यवस्था गरेको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us