बाढीले बगाएर ल्याएको ग्यास सिलिण्डर टिप्न जाँदा बेपत्ता भए चौधरी

काठमाण्डु टुडे २०७६ असार २७ गते २१:०० मा प्रकाशित

काठमाण्डु, २७ असार -बाढीले बगाएर ल्याएको ग्यास सिलिण्डरको लोभमा पर्दा एक युवक बेपत्ता भएका छन् ।

बाढी हेर्न बल्खु खोला किनारमा गएका उनी सिलिण्ड।र बगाएर ल्याएको देखेपछि एक्कासि बाढीमा पसेर सिलिण्डर पाखामा निकाल्न खोज्दा बगेर बेपत्ता भए । बर्दियाका ३२ वर्षीय विनोद चौधरी त्यसरी बगेको महानगरीय प्रहरी वृत्त कालिकाटीका डिएसपी देवेन्द्र पालले बताए । प्रहरीले उनको खोजी जारी रहको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us