
सिरहा, २७ असार सिरहामा बाढीमा फसेका एक वृद्धको उद्दार प्रयास विफल भएको छ ।
कर्जन्हा नगरपालिका(२ बन्दीपुरस्थित कमला नदीको बाढीमा शुक्रबार बिहानैदेखि फसेका ६० वर्षीय वृद्ध बेत्रु मुखियाको उद्धार प्रयास विफल भएको हो । सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले दिनभर मुखियाको उद्धारमा खटिएका थिए ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले वर्षात नरोकिएको र बाढीको बहाव उच्च भएकाले उद्दारमा कठिनाई भएको छ । अधिकारीले हेलिकोप्टरबिना वृद्धको उद्दार असम्भव रहेको बताए । काठमाण्डुबाट हेलिकोप्टर मगाइए पनि खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेको उनले जानकारी दिए ।