
काठमाण्डु, २७ -असार अविरल वर्षापछिघरको पर्खाल भत्किँदा काठमाडौंको मुलानीमा ३ जनाको मृत्यु भएको छ । मृतक एकै परिवारका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेको पुष्टि गरेको छ ।
यसैबिच बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न बाढीमा हाम्फालेका कलंकीका विनोद चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । वर्षाको कारण काठमाडौँको कलंकी क्षेत्र डुबानमा परेको छ । कलंकीको खसीबजार र आसपासका सयौं घरमा पानी पसेको छ भने व्यापारिक भवन समेत डुबेका छन् ।