जापानी नागरिकमाथि हतियार प्रहार

काठमाण्डु टुडे २०७६ असार २७ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, २७ असार- काठमाडौं महानगरपालिका–६ बौद्ध तीनचुलीमा जापानी नागरिकमाथी धारिलो हतियार प्रहार गरि दुई लाख रुपैंया लुटिएको छ ।
४० वर्षीय जापानी नागरिक सुमिजु तेञ्जीको तीनचुली स्थित डेराभित्र अपरिचित समूहले धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ भने लुटेराहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us