
तेह्रथुम, ७ वैशाख – तेह्रथुमको सोल्मा गाविसका स्थानीयवासीले चन्दा सङ्कलन गरेर दुई किलोमिटर मोटर बाटो निर्माण गरेका छन् ।
सोल्मा गाविस वडा नं २, ३, ४ र ५ का ६० परिवारले प्रतिघर रु ५०० देखि ११ हजारसम्म चन्दा उठाएर कुल रु दुई लाख ५३ हजारको लागतमा सडक खनेका हुन् । सोल्मा गाविसको काँडे–मङ्गलबारे सडकखण्डअन्तर्गत वडा नं ४ को सोतीदेखि वडा नं २ को सिमानासम्म सडक निर्माण गरिएको सडक निर्माण उपभोक्ता समितिका सचिव होमप्रसाद तिम्सिनाले बताए ।
सडक निर्माण भएपछि कृषकले उत्पादन गरेको कृषिजन्य सामग्री निर्यात गर्न र आवश्यक सामग्री आयात गर्न सहज भएको सडक उपभोक्ता समितिले जनाएको छ ।