दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाण्डु टुडे २०७१ वैशाख ७ गते ४:४२ मा प्रकाशित

gulmiगुल्मी, ७ वैशाख – गुल्मीमा भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा परि अन्य १० जना घाइते भएका छन् ।

गुल्मीको दरवारदेवीस्थान–८ म्यालपोखरीवाट सदरमुकाम तम्घासतर्फ आउदै गरेको लु १ ज २ पाँच २ नौं नम्बरको जिप आइतवार विहान म्यालपोखरीको उकालो बाटोमा पिकअप लिन नसकेपछि दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक धनवहादुर रावतले जानकारी दिए ।
रावतका अनुसार ९ वर्षीय विवश सारुको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा दरवारदेवीस्थल–८ म्यालपोखरी ९ वर्र्षीय विवश सारु, सोही ठाउँकै २४ वर्र्षीय भविन्द्र कुँवर र ५० बर्षीया जमुना खत्री रहेको रावतले बताए । एककाे सनाखत हुन सकेकाे छैन् ।
जिप सडकवाट झन्डै ७० मिटर तल खसेको थियो । घाइते १० जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us