अब बन्ने संविधान राजतन्त्रवादीसहित नेकपा–माओवादी पनि अट्ने

काठमाण्डु टुडे २०७१ वैशाख ६ गते १३:०० मा प्रकाशित

Kamal-Thapa-Raprapa-Nepalकाठमाण्डु, ६ वैशाख – राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा काँग्रेस, एमाले र एमाओवादीको मात्र स्वार्थ पूरा हुने गरी नयाँ संविधान बनेमा त्यसले मुलुकलाई निकास दिन नसक्ने बताएका छन् ।

राप्रपा नेपालको भ्रातृ सङ्गठनको कर्णाली अञ्चलस्तरीय विद्यार्थी भेला तथा वर्तमान राजनीतिक गतिरोधबारे भएको विशेष अन्तक्र्रियामा अध्यक्ष थापाले भने– “अब बन्ने संविधान राजतन्त्रवादीसहित नेकपा–माओवादी पनि अट्ने गरी बन्नुपर्छ ।”

उनेले विदेशीको इसारा र सहयोगमा २०६३ सालमा भएको आन्दोलनले राजालाई समाप्त गर्न खोजेको बताउँदै त्यसपछिका दिनमा सबैजसो दल र तिनका नेताहरु विदेश परस्त बनेको आरोप लगाए ।

महामन्त्री चन्द्रबहादुर गुरुङले आफ्नो पार्टी देशका लागि भरपर्दो शक्ति भएकाले मुलुकलाई परिवर्तन गर्न युवाहरु राप्रपा नेपालको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us