धनकुटा, ६ वैशाख – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सिँचाइ मन्त्री नारायणप्रकाश साउदले सबै पक्षको सहमतिमै एक वर्षमा संविधान बन्ने कुरा पक्का भएको बताएका छन् ।
नेपाल प्रेस युनियन धनकुटा शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले मुलुकले प्राप्त गरेको अहिलेको अवसर बारम्बार नआउने भएकाले सबै राजनीतिक दलहरुले यो सुनौलो मौकालाई गुमाउन नहुने धारणा व्यक्त गरे ।
द्वन्द्वकालमा भएका घटेका मुद्दाहरुको विषयमा सत्यनिरुपण तथा मेलमिलाप आयोगअन्तर्गत सम्बोधन गरिनेसमेत मन्त्री साउदको भनाइ थियो ।
साउदले फरक प्रसङ्गमा सरकारले तराईमा ठूला र पहाडमा सानाखालका सिंचाइ योजना सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।