
काठमाण्डु, १७ असार–काठमाण्डुको अन्तर्राष्ट्रिय विमनस्थल प्रवेशद्वार नजिकै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय अगाडि मंगलबार बिहान सवारी दुर्घटना भएको छ ।
गौशालाबाट सिनामंगल जाँदै गरेको बा४ख ५१०० र सिनामंगलबाट गौशाला जाँदै गरेको बा१झ ९७७६ नम्बरको माइक्रो बस बिशान करिब सात बजेको समयमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा दुवै माइक्रोमा सवार १६ जना घाइते भएका छन् । उनीहरुमध्ये १३ पुरुष र ३ महिला छन् । माइक्रो चालक हिमाल काफ्लेको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको अवस्था पनि चिन्ताजनक छ । घाइते सबैको सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा उपचार भइरहेको छ ।