सन्दीप लामिछासँगै ‘ग्लोबल टी ट्वान्टी’ सोमपाल पनि खेल्दै

काठमाण्डु टुडे २०७६ असार ६ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ६ असार – नेपाली लेग स्पिनर सन्दीप लामिछासँगै तीव्र गतिका बलर सोमपाल कामी पनि ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । ग्लोबल टी ट्वान्टी क्यानडा प्रिमियर लिग २०१९ मा सन्दीपसँगै सोमपाल कामी पनि सहभागी हुने भएका हुन् ।Sandeep- shompal

बिहीबार सम्पन्न ड्राफ्टमा सन्दीपलाई टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलर खर्चेर अनुबन्ध गरेको हो । सन्दीप लामिछानेको टिममा भारतीय टिमका पुर्व ब्याट्सम्यान युवराज सिंहसमेत रहेका छन् । सन्दीपले गत वर्ष ग्लोबल टी–२० क्रिकेट क्यानडामा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । टाइगर्सले गत वर्ष सन्दीपलाई ४० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

यस्तै सोमपाल कामीले पनि पहिलो पटक विदेशी टि-२० लिग खेल्ने भएका छन् । उनलाई विनिपेग हक्सले छनोट गरेको हो । ड्राफ्टमा ३ हजार अमेरिकी डलर न्युनतम रकम राखेका सोमपाललाई हक्सले छानेको हो । प्रतियोगिता २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ । सोमपाल पहिलो पटक विदेशी लिगको ड्राफ्टबाट अन्तिम टोलीमा छनोट भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us