
एजेन्सी – विश्वकपको आइतबारको खेल अबको केही बेरमा सुरु हुन गइरहेको छ । आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्न गइरहेका छन् ।
इंग्ल्यान्डको मेनचेस्टर क्रिकेट रंगशालामा हुने गइरहेको यो प्रतिस्पर्धाको टस पाकिस्तानले जितेको छ । पाकिस्तानले टस जित्दै भारतलाई ब्याटिङको निम्तो दिएको छ । पाकिस्तानलाई अर्को चरणमा जानका लागि यो खेल जित्नैपर्ने दबाब रहेको छ ।
यो रंगशालामा २० वर्षपहिले भारत र पाकिस्तान भिडेका थिए । उक्त सन् १९९९ मा भएको उक्त खेलमा भारतका चर्चित ब्याट्सम्यान सचिन तेन्दुल्करले डेब्यू गरेका थिए । आजको खेलको ब्याटिङ सुरुवात सचिनले गर्ने बताइएको छ ।
सचिनले भारतका तर्फबाट पहिलो बलको सामना गरेर खेल सुरु हुनेछ । भारत र पाकिस्तानबीचको यो खेललाई विश्वभर चासोका साथ हेरिने गरिन्छ ।