अब दलाललाई निस्तेज पार्नुपर्छः आईजीपी खनाल

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन् ।

काठमाण्डुमा शुक्रबार सुरू भएको नेपाल प्रहरीको प्रदेश स्तरीय दोश्रो प्रादेशिक सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।

‘एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै धुमिल हुने अवस्थाहरू आउनुहुँदैन । तसर्थ मैले भन्ने गरेको छु हामी प्रहरीमा बसिसकेपछि बदनियतमा सहुलियत हुँदैन’, खनालले भने, ‘काम गर्दाका अवस्थामा कहिँ व्यवहारिक त्रृटिहरू छन् भने त्यसलाई हटाउन सकिन्छ तर नियतमा खोट राखियो भने त्यसमा सहुलियत हुनेछैन ।’

खनालले यसमा स्पष्टरूपमा आश्वस्त हुन आग्रह गरेका छन् ।

खनालले न्यायिक प्रक्रियामा दलाली गर्नेहरूलाई प्रहरी तथा सरकारी वकिलहरू मिलेर निस्तेज पार्नुपर्ने धारणा राखेका थिए ।

सम्मेलनमा प्रदेश २, ५ तथा गण्डकी प्रदेशका अनुसन्धान प्रहरी तथा अभियोजनकर्ता सरकारी वकिलहरू सहभागी रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us